देवीप्रसाद उप्रेती निजानन्द आश्रम
देवीप्रसाद उप्रेती समाज सेवी हुनुहुन्थ्यो, शिक्षा सेवी हुनुहुन्थ्यो । आफ्नो आर्जनको झापा जिल्लाको ८५४ विग्गा १३ कठ्ठा ३ धुर, तेहथुमको ३१९ रोपनी ८ आना १ पैसा जग्गाका साथै लाखौँ नगद रकम विभिन्न शैक्षिक, धार्मिक संस्थालाई दान दिनु, विभिन्न विद्यालय स्थापना र संचालनमा दान दिनु भएको थियो । आदि इतयादीकुरा यहाँहरु मध्ये धेरैलाई विदित भएकै कुरा हो । उक्त जग्गाहरुको सदुपयोग गर्ने बारे राज्यले उपयुक्त कानून बनाओस भनी गर्नु भएको लिखित आग्रह पुरा भएको देख्ने उहाँको प्रबल इच्छा थियो । सो इच्छा पुरा नहुदै वि.स. २०४९ असार ११ गते उहाँको निधन भयो । आज सम्म पनि सरकारले आवश्यक कानून बनाउने कार्य सम्पन्न गर्न सकेको छैन ।
देवीप्रसाद उप्रेती निजानन्द आश्रम स्व. श्री देवीप्रसाद उप्रेती ज्यूका बहुआयमिक सोच एवम् उहाँले चाहेको तर पुराहुन नसकेका उहाँका इच्छाहरु कार्यन्वयन गर्ने गराउने, उहाँका विचारहरुको उत्तराधिकारी, उहाँको परिवारका सदस्यहरूको निजी लगानीमा स्थापित सामाजिक संस्था हो । यसको स्थापना स्व. श्री देवी प्रसाद उप्रेतीज्यूको जीवनको अन्तिमकालको इच्छा अनुसार उहाँले गरिदिनु भएको लिखित इच्छा पत्रलाई ध्यानमा राखी स्थापना भएको हो । यो संस्था वि.स. २०५२/०५/०२ मा जिल्ला प्रशासन कार्यालय चन्द्रगढी झापमा दर्ता गरी सरकारी नीति नियम तथा यस संस्थाको विधान अनुरुप क्रियाशिल छ । यसको मूल उद्देश्य स्व. श्री देवीप्रसाद उप्रेती ज्यूले गरिदिनु भएको मिति २०४९ असार ३ गते को इच्छापत्रमा उल्लेख भए अनुसार निम्न बमोजिम रहेको छ ।
निजानन्द आश्रमको प्रमुख उद्देश्यहरू यस प्रकार रहेका छन् —